संखुवासभा : काठ तस्करीको अभियोग लागेका सशस्त्र प्रहरी बल, नेपाल अरूण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक(डिएसपी) रामप्रसाद भण्डारीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिएसपी भण्डारीविरुद्ध सालको चिरान काठ ओसारपसारमा संलग्न भएको अनुसन्धानबाट पुष्टि भएको जनाउदै भ्रष्टाचार भएको ठहर गरी अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अख्तियारका प्रवक्त एवं सहसचिव रामेश्वर दंगालले विज्ञप्ती जारी गर्दै सरकारी सम्पत्तिको वदनियतसाथ हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएकोले ऐनअनुसार विगो असुलउपर गरी साजयसमेको माग गर्दै मुद्दा दायर गरेको जनाएका छन् । उनका अनुसार भण्डारीलाई बिगो रकम १ लाख ४ हजार १ सय ३६ रुपैया कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ तथा दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम सजाय तथा सोही ऐनको दफा १७ बमोजिम बिगो असुलउपरको आरोपपत्र दायर गरिएको छ ।

सशस्त्रको गाडीमा विना इजाजत करिब १०० क्युफिट बराबरको १ सय ८४ थान सालको चिरान काठ चैनपुरबाट धरानतर्फ लैजादै गरेको अवस्थामा पक्राउ परेको थियो । अख्तियारले त्यस घटनाबारे अनुसन्धान गर्दा आहाले सिस्ने सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले गुल्म परिसर भित्र भौतिक संरचना निर्माण गर्नका लागि ५० क्युफिट सखुवा काठ उपलब्ध गराएको थियो । तर, भण्डारीले गुल्म परिसर भित्र नयाँ भौतिक संरचना तथा फर्निचरहरू निर्माण नगरी ९२।९८ क्युफिट चिरान काठ धरानतर्फ पठाएको खुलेको अख्तियारले जनाएको छ ।