पथरी: मोरङको पथरीशनिश्चरे, उर्लावारी र मिक्लाजुङ क्षेत्रमा रहेका खोलाहरुबाट खोलाजन्य वस्तु निकासीको सम्भाव्यताका लागि जिल्ला समन्वय समितिले मंगलवार अवलोकन एवम् अनुमगमन गरेको छ ।

समन्वय समितिका संयोजक नरेश पोखरेलको अगुवाईमा आएको टोलीले पथरीशनिश्चरे र कानेपोखरीको सीमानामा पर्ने डाँसखोलाका विभिन्न ४ वटा नाकाको अवलोकन् एवम् अनुगमन् गरेको छ । नगर प्रमुख दिलिपकुमार राई सहितका नगरका प्राविधिक समेत टोलीमा रहेकोे थियो । टोलीले उर्लावारी र मिक्लाजुङ क्षेत्रमा पर्ने तेली, सोल्टी र मिक्लु खोलाको पनि अनुगमन गरेको छ ।