ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले“ प्रविधिले जन्माएको अपराध” शीर्षकको समाचालाई मुख्य समाचारको रुपमा छापेको छ । प्रविधिको प्रयोग गर्दै ठगी गर्ने रगरोहरु देशबाट मात्रै हैन, विदेशबाट सञ्चालित छन् । यसरी प्रविधिबाट बढेको अपराध नियन्त्रण गर्न प्रहरीलाई समेत चुनौती छ । गिरोहका भाडाका व्यक्ति पक्राउ परे पनि गिरोहमा संलग्नहरु पक्राउ पर्न सकेका छैनन । भाइबर, इमेल र सामाजिक सञ्जालको प्रयोग गर्दै ठगी गर्नेको सङ्ख्यासमेत १४ जिल्ला रहेको १ नम्बर प्रदेशमा बढेको प्रहरप्को अभिलेखले देखाउँछ ।


उद्घोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “लघुवित्तका अभियन्ता चौधरीको निधन” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । लघुवित्त कार्यक्रमलाई संस्थागत र विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका फनिलाल चौधरीको बुधबार निधन भएको छ । सुनसरी बर्जुगाउँपालिका वडा नम्बर ५ अमाहीबेल्हा निवासी चौधरीको ५८ वर्षको उमेरमा निधन भएको हो । मधुमेहका बिरामी चौधरीलाई काठमाडौंका विभिन्न अस्पतालमा गरिएको उपचार प्रयास सफल नभएपछि मंगलबार राती घर ल्याइएको थियो । विराटनगर पिचरामा रहेको घरमा चौधरीले अन्तिम श्वास लिएको परिवारले जनाएको छ ।

 

औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “नयाँ व्यवस्थाले मालपोतका कर्मचारी ‘मालामाल’ !” भन्ने शीर्षकको समाचारलाई मुख्य शीर्षकको रुपमा छापेको छ । सुनसरी जिल्ला मालपोत कार्यलयमा जग्गा रजिष्टेशनको अभिलेख अनलाईन सेवामार्फत छिटो छरितो र भरपर्दो बनाउने कार्य कर्मचारीहरुलाई सेवाग्राहीबाट दैनिक लाखौँ असुली गर्ने साधन भएको छ । सरकारले जनतालाई सुविधा होस् र ढिला सुस्ति सहित भ्रष्टाचार नियन्त्रणका लागि भन्दै सुरु गरेको आलाईन सेवा सुनसरी सदरमुकाममा रहेको मूमिसुधार तथा मालपोत कार्यलय ईनरुवाका कर्मचारीहरुलाई भने ब्रह्मलुट गर्ने साधनको रुपमा परिणत भएको छ । अनलाईन फाटँका सात जना कर्मचारीहरुले दररेट तोकेर सेवाग्राहीबाट रकम लिएपछि मात्र अनलाईन फारमको तथ्याङ्क कम्प्युटरमा अभिलेखिकरण गर्ने गरेका हुन् ।


मर्निङ् टाईम्स : धरानबाट प्रकाशन हुने मर्निङ् टाईम्स दैनिकले “पुषभित्र एकीकरण टुंगिने” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टि पुषभित्र तल्लो तह सम्मनै एकीकरण भई नेकपा भैसक्ने बताईएको छ । हालै मात्र पार्टि प्रदेश तह एकिकृत भई नेकपा बनेपनि जिल्ला र स्थानीय तहको भने एकीकरण भैसकेको छैन । नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले जिल्ला र स्थानीय तह सम्मनै पुष महिना भित्र एकीकरण भईसक्ने बताएका छन् ।