इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा योङ ब्वाइजसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा युभेन्टस योङ ब्वाइजसँग २–१ गोलअन्तरले पराजित भएको छ । योङ ब्वाइजलाई जित दिलाउन गुइलाउमे होएराउले दुई गोल गरे । युभेन्टसका लागि भने पाउलो डिबलाले गोल गरेका थिए ।

खेलको ३०औं मिनेटमा होएराउले गोल गर्दै योङ ब्वाइजलाई अग्रता दिलाएका थिए । खेलको ६८औं मिनेटमा उनले अर्को गोल गर्दै दोब्बर अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा डिबलाले गोल गर्दै युभेन्टसलाई २–१ गोलको स्थितिमा ल्याएका थिए । तर योङ ब्वाइजलाई रोक्न भने सकेनन् । हारपछि पनि ६ खेलबाट १२ अंक बनाएको युभेन्टस समूह एच को शीर्ष स्थानमा रहंदै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।

एजेन्सी