ब्रिटिश प्रधानमन्त्री टरिजा मेले संसद्‌मा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानमा जित हासिल गरेकी छन्। उनले संसदको कुल मतसंख्याको ६३ प्रतिशत मत ल्याएकी छन् र अब एक वर्ष सम्म उनलाई कसैले चुनौती दिन नसक्ने सहमति भएको बताइएको छ। जित पछि मेले सबै ब्रिटिश राजनीतिज्ञहरूलाई एकजुट भएर ब्रिटेनको जनताको चाहना पूरा गर्न आग्रह गरिन्।

संसदमा भएको मतदानमा उनको दलका २०० सांसदहरूले उनको पक्षमा मतदान गरेका थिए पनि उनको विपक्षमा ११७ मत परेको थियो। उनले बुधवार पूरै दिन आफ्ना सांसद तथा सहकर्मीहरूलाई आउने मार्चमा ब्रिटेन ईयूबाट अलग हुने बेला आएकोले अहिले नेतृत्व फेर्ने समय होइन भन्दै मनाउने प्रयास गरेकी थिइन्। 

एजेन्सी