धनकुटा: धनकुटाको पाख्रिबास नगरपालिकाको राम्चे डाँडामा पर्यटन प्रर्वद्धन एवं विकास गर्ने उद्देश्यले भ्यु टावर निर्माण गरिने भएको छ ।

नगरपालिकाले १ करोड ३५ लाख लगातमा भ्यु टावर बनाउन लागेको हो । प्राकृतिक एवं भौगोलिकरुपमा सुन्दर रहेको यो डाँडामा भ्यु टावर बनेपनि पर्यटकहरुरुलाई थप आकर्षण गर्ने अपेक्षा गरिएको छ । टावर ५ तले अग्लो हुनेछ भने २२ फुट गोलाईमा निर्माण हुनेछ । टावर निर्माणको काम हालै मात्र शुरुवात गरिएको नगरपालिकाका सूचना अधिकारी किरण राईले बताए ।

राम्चे डाँडा समून्द्र सतहवाट १ हजार ८ सय ५२ मिटर उचाईमा रहेको छ । डाँडा वरिपरीका स्थानीयले चिया वगान लगएका छन् । जसले गर्दा डाँडा मनमोहक दृष्य देखिन्छ । पाख्रीवासको मुख्य वजारवाट मात्र १० मिनेको पैदल हिडेर यो डाँडामा पुग्न सकिन्छ । यहाँबाट मकालु हिमाल र तराईको समथर फाँट देख्न सकिन्छ । यस्तै, अन्य विभिन्न जिल्लाहरुको भुभाग र अरुण नदीलाई पनि यहाँबाट नियाल्न सकिन्छ ।

भ्यु टावर निर्माण बहु बर्षीय योजना भएपनि यसै बर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको नगर प्रमुख बृखबहादुर राईले बताए । उनका अनुसार जयन्ती कन्स्ट्रक्सनले भ्यु टावर निर्माणको ठेक्का पाएको छ । भ्यु टावर बनेपछि पाख्रिबासको पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण टेवा पुग्छः नगरप्रमुख राईले भने ।