पथरी ः मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले खुला नकआउट भलिवल प्रतियोगिता सुरु गरेको छ ।

प्रतियोगिताको आज एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन गरेका हुन् । नेपाली हातेमालो उच्च कमिटी साउदी अरवका संस्थापक अध्यक्ष टेकबहादुर कटुवालसहितको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा १ नम्वर प्रदेशका १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा, उदघाटन् खेल आयोजक ए र पथरीशनिश्चरे २ बीच भएको छ ।

याङशिला, शसस्त्रको एपीएफ, श्रीजंघा पथरी, आयोजक बी, लक्ष्मीमार्ग, दिपज्योती पथरी, योसेक उर्लावारी र १ नम्वर प्रहरी प्रदेश रानी ले खेलमा सहभागिता जनाएको क्लब अध्यक्ष वीरेन्द्र गुरुङले जनाए । मंसिर २९ गते फाइनल हुने प्रतियोगिताको विजेताले ८१ हजार र उपविजेताले ५१ हजार नगद सहितको पुरस्कार प्राप्त गर्ने खेल संयोजक गोविन्द कटुवालले बताए ।