टर्की : टर्कीमा एक उच्च गतिको रेल दुर्घटनामा परेको छ । दुर्घटनामा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन् ।

अन्कारा स्टेशनमा विहिबार एक मर्मत कार्यमा खटिएको रेलसँग ठोकिन पुग्दा दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । रेल अन्कारबाट टर्कीको केन्द्रीय प्रदेश कोन्याका लागि हिडेको थियो । मृत्यु हुनेमा तीन रेलका चालक समेत रहेका छन् ।