ब्लाष्ट टाईम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाईम्सले दैनिकले “संस्कृत शिक्षाप्रति विकर्षण” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । बालशिक्षासमेत गरी ११ वटन कक्षा । शिक्षक, शिक्षिका र विद्यालय कर्मचारी १५ । शौचालय, खानेपानी र कार्यलय भवनको पनि यथोचित व्यवस्था छ । तर, विधार्थी संख्या जम्मा २५ मात्रै । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विधालयको वास्तविकता यस्तै छ ।

औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “सुन तस्करीका मुख्य आरापी १० लाख धरौटीमै छुटे” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । ३३ किलो सुन तस्करीका मुख्य आरोपी आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रकुमार शाक्य १० लाख धराटी बुझाएर रिहा भएका छन् । विहिबार उच्च अदालत विराटनगरले आरकेका सञ्चालकलाई १० लाख धरौटीमा रिहा गरेको हो । उच्च अदालतका न्यायधिश नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको ईजलासले आरकेसंग धरौटीमा रिहा गरेको हो ।
मर्निङ टाईम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाईम्स दैनिकले “पूर्वाञ्चल क्याम्पसमा दैनिक काम ठप्प” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । पूर्वाञ्चल ईन्जिनियरीङ क्याम्पसको प्रमुख पदमा पूर्णकालिन अवस्थाका कारण दैनिक शैक्षिक पैशाशनका कामहरु ठप्प भएका छन् ।क्याम्पसमा कायम म’कायम नियूक्त भएका प्रमुख पदावधि सकिएको हप्तादिन नाघि सक्दा पनि नयाँ नयाँ क्याम्पस प्रमु्ख नियुत्त नहुदाँ शैक्षिक प्रशासनका ठप्प भएको हो ।

फाष्ट टाईम्स : धरानबाट प्रकाशन हुने फाष्ट टाईम्स दैनिकले “बालक अपहरणको प्रयास”  शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । धनकुटाको धनकुटा नगरपालिका ७ मा रहेको तमोरभ्याली इङलिस बोर्डिङ स्कुलको हाताबाटै एक बालकको अपहरण प्रयास भएको छ । बुधबार विहान करिब १० बजेको समयमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय हेलिस डंगोल अपहरणबाट जोगिएका हुन् ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “नोबेलले मानेन मन्त्रालयको निर्देशन, पैसा लिएर मात्रै दियो शव” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च तिर्न नसकेका आफन्तलाई शव बुझाउन दिएको निर्देशनलाई नोवेल मेडिकल कलेज विराटनगरले अवज्ञा गरेको छ । उपचार खर्च तिर्न नसकेको भन्दै तीन दिनदेखी कटहरी गाउँपालिका ३ निवासी ३२ वर्षीय दिपक मीश्रको शव अस्पतालले उठाउन दिएको थिएन । मन्त्रालयले विहिबार अस्पताललाई शव आफन्तलाई जिम्मा लगाउन निर्देशन दिएको थियो । तर, अस्पतालले उपचार खर्चमा ५० पतिशत छुट दिएर बाँकी रकम लिई शव आफन्तकोमा जिम्मा लगाएको हो ।