पथरी  : मोरङको पथरीशनिश्चरेस्थित नीजि तथा आवासीय विद्यालय संगठन प्याव्सनले नगरस्तरीय नीजि विद्यालयबीच भलिवल प्रतियोगिता सुरु गरेको छ ।

वडा नम्वर १ को भूपू सैनिक बोर्डिङमा सञ्चालित प्रतियोगिताको शुक्रबार एक कार्यक्रमबीच नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गरेक हुुन। उपप्रमुख वास्तोलको नगरका युवाहरुलाई खेलप्रति आकर्षित गरेर सृजनात्मक बनाउनु पर्नेमा जोड थियो।
प्रतियोगितामा छात्रातर्फ रेडस्टार र वाल्मिकी बोर्डिङ फाइनलमा प्रवेश गरेको छन।
छात्रतर्फ, भूपू सैनिक र अन्नपूर्ण तथा मोरंग मेरिगोल्ड र बाल्मिकीबीच सेमिफाइन खेल हुने प्याव्सनका नगर संयोजक उपेन्द्र कँडेलले जानकारी दिए । दुवैतर्फको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगितामा छात्रातर्फ १० र छात्रतर्फ ६ विद्यालयका १,१ टिमको सहभागिता रहेको छ ।