इनरुवा : सुनसरीको हरिनगर गाउँपालीका १ स्थित भुटाहामा प्रथम हरिनगर गाउँपालिका वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

शनिबारबाट सुरु प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन सुनसरी क्षेत्र नं ४ को ख बाट निर्वाचित प्रदेश नं १ को सांसद हाजि ताहिर अन्सारीले गरेका थिए । गाउँपालिका उपाध्यक्ष रिमझिम भगतले खेलाडीहरुको प्रतिभा फुटबल खेलाडी उत्पादन गर्नका लागि हरिनगर गाउँपालिकामा फुटबल खेलाडी टिम छनोटको लागि वडा स्तरीय फुटबल प्रतियोगिता महत्पूर्ण रहेको उल्लेख गरेका थिए । खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालीकाले आगामी दिनमा समेत विभिन्न खेलका प्रतियोगिता लाई निरन्तरता दिने बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा वडा नं ४ र वडा नं १ बीच भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा वडा नं ४ हरिनगरालाई हराउँदै वडा नं १ भुटाहाले जित हात पार्यो । वडास्तरीय फुटबल प्रतियोगिताको आयोजना एपलो ११ युथ स्पोटस क्लबले गरेको हो । खेलमा हरिनगर गाउँपालिका तथा ७ वटै वडाको सहयोग रहेको छ ।