ब्लाष्ट टाईम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाईम्स दैनिकले “२ सय घरपरिवार समस्यामा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सुनसरीको दुहबी नगरपालिका–२ तुलहामा रहेको एक स्टिल उधोगले कुलो मासेर उधोग सञ्चालनमा ल्याएपछि स्थानीय कृषकको खेतीयोग्य जमिन सिंचाईविहिन हुन पुगेको छ । सिंचाइको कुलो भत्काएर उधोग स्थापना गरिनाले करिब ६० बिघा खेतीयोग्य जमिन सिंचाइविहिन हुन पुगेको हो । दुहबी–२ तुतहामा सञ्चालित प्रिमियर स्टिल उधोगको कारण तुतहा वस्तिका करीब २ सय घरपरिवार अहिले समस्यामा परेको स्थानीय मोहम्मद युनिसले बताए ।

मर्निङ टाईम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाईम्स दैनिकले “योजना, लागत अनुमान बिना काम धमाधम” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । स्थानीय तहले पाएको अधिकार प्रयोग गर्दा ऐन, नियम अनुशासन कायम गर्न नसकेको संघीय मन्त्रालयले प्रतिवेदनहरु सार्वजनिक गर्दै आएको छ । तथापी स्थानीय तहका जनप्रतिनिधिहरुले त्यसलाई गम्भिर रुपमा लिएको देखिन्न । धरान उपमहानगरपालिकामा त्यस्ता कामहरु कति भएका छन् अहिले सम्म सार्वजनिक भएको छैन । हालै वडा ४ को सेउती खोलामा धमाधम चलि रहेका खोलको कटान नियन्त्रणको लागि भैरहेको चटबन्धको कार्य बिना योजना, लागत अनुमान सुरु गरीएकोले स्थानिय सरोकारवालाहरुले धरान उपमहानगरपालिका र वडा कार्यलयको कार्यशैलीमा आशंका जनाएका छन् ।
उदघोष दैनिक : विराटनगरबाट प्रकाशन हुने उदघोष दैनिकले “सुत्केरी संगीता अलपत्र” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । ११ महिना अघि प्र्ममा परेर अन्तरजातीय विवाह गरेकी सप्तरीको बोदेबसाईन नगरपालिका–२ की २० बर्षीय संगिता सदा पति भएपहि अहिले घर न घाटकी भएकी छिन । २०७४ को पुष संक्रान्तिमा बोदेबसाईनका २२ वर्षीय शिवदत्त चौधरी कलबारसंग प्रेमविवाह गरेकी संगीताका पतिले महिनादेखि सम्पर्क समेत नगरेपछि उनी अलपत्र परेकी हुन् । २२ मंसिरमा प्रसुती व्यथाले च्यापेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी अहिले लाहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भर्ना छन् ।