इटहरीः भारतको मणीपुरमा आयोजित दोस्रो अन्तराष्ट्यि थाङ्ग ता च्याम्पियनसिपमा स्वर्ण तथा रजक पदक विजेता विद्यार्थीलाई जनता माध्यमिक विद्यालय इटहरीले सम्मान गरेको छ ।

गत नोभेम्बर २२ देखि २४ तारिख सम्म मणीपुरमा आयोजित प्रतियोगितामा स्वर्ण पदक विजेता कक्षा १०का मुकेश मल्लीक र दुई रजत पदक विजेता अविनाश चौधरीलाई सम्मान गरिएको हो । त्यसैगरी इटहरीमा आयोजित म्याराथुनकी विजेता भिमा लिम्वुलाई समेत सम्मान गरिएको थियो । खेलकुद प्रतियोगिताका माध्यमबाट विद्यालयको नाम उच्च राख्न योगदान गरेको भन्दै विद्यार्थीहरुलाई विद्यालयले नगदसहित सम्मान गरेको जनाएको छ ।

स्वर्ण पदक हासिल गर्ने मल्लिकलाई ३ हजार १ सय नगद र प्रसंशा पत्र प्रदान गरिएको थियो भने रजत पदक ल्याउने चौधरी र म्याराथुनमा विजेता लिम्वुलाई नगद २ हजार १ सय र प्रसशां पत्रले सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिनाथ दंगाल, प्रधानाध्यक छत्रपति ढुंगेलले सम्मान गरेका थिए ।

त्यसैगरी विजेता तीनै जना विद्यार्थीहरुलाई इटहरी उपमहानगरपालिकाले जनही ५ हजार, वडा नम्वर ९ ले जनही ११ सय र विद्यालयकी शिक्षिका होमा भण्डारीले नगद १ हजारले पुरस्कृत गरेको विद्यालयका शिक्षक ज्योति कोइरालाले जानकारी दिए ।