इटहरी:निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) इटहरीको आयोजनामा सप्ताहव्यापी लेखकुद प्रतियोगिता सुरु भएको छ ।

आगामी ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको प्रदेस नम्बर १ का सामाजिक विकास तथा शिक्षा मन्त्री जीवन घिमीरेले एक कार्यक्रमबी उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री घिमीरेले प्रदेश सरकारले खेलकुदलाई पहिचानका रुपमा लिएकाले खेलकुद क्षेत्रको विकासका लागि योजनावद्ध रुपमा अघि वढउने जानकारी दिए ।

प्याव्सन इटहरीका अध्यक्ष स्वर्णवहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सप्ताह व्यापी प्रतियोगितामा दौड, हाईजम्प, लंगजम्प, छेलो, ज्याभलिन थ्रो, व्याडमिन्टन, टेवल टेनिस, फुटबल, क्रिकेट र भलिबलका खेलहरु समावेश रहेको जानकारी दिए । प्याब्सन आवद्ध सुनसरीका सबै जसो विद्यालयहरुको सहभागिता रहने जनाइएको छ । सोही अवसरमा सारगी बादक तथा चर्चित गायक सुरेश गन्र्धव र संगित साधान प्रतिष्ठानका महासचिव राजु केसीलाई कार्यक्रमका प्रमुख अतिथी मन्त्री घिमीरेले सम्मान गरे ।

प्रतियोगिता अन्र्गगतका खेलकुदहरु इटहरी रंगशाला, इटहरी ४ मा रहेको सलाई फ्याक्ट्री, इटहरी कवर्ड हल, ब्लुमिन लोटस विद्यालयको खेल मैदान, डीभिएम स्कुलको खेल मैदानमा सञ्चालन गरिने आयोजक प्याब्सन इटहरीले जानकारी दिएको छ ।