इनरुवा: सुनसरीको हरिनगर गाउँपालीका १ स्थित भुटाहामा जारी प्रथम हरिनगर गाउँपालिका वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नं ५ वसन्तपुर विजयी भएको छ ।

आइतबार भएको खेलमा वडा ५ ले वडा नं ६ घुस्कीलाई २) ० गोलअन्तरले हराउदै विजयी भएको हो । खेल शुरु भएको १० औं मिनेटमा वडा ५ का दिलसाद अन्सारीले पहिलो गोल गरेका थिए भने दोस्रो हाफको ४५ मिनेटमा इरफान अन्सारीले दोस्रो गोल गरेका थिए ।