झापा : झापामा ब्यवसायिक कृखुरा पालन गर्ने कृषकहरुले चिक्स होलि डे घोषणा गरेका छन । नेपाल कुखुरा पालक किसान संघ जिल्ला समिती झापाले एक पत्रकार संमेलनको आयोजना गरी सो घोषणा गरेका हुन । जस अन्तर्गत पुष १ गते देखि झापा जिल्ला भर रहेका कुखुरा पालक कृषकहरुले खोरमा चल्ला नहाल्ने निर्णय गरेका छन ।

नेपाल कुखुरा पालक किसान संघ झापाका अध्यक्ष राजन पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा झापा अर्जुनधारा नगरपालिका वडा नं. ६ का वडा सदस्य मायाँ खाती र लक्ष्मि महतरा, नेपाल कुखुरा पालक किसान संघ कनकाई नगर समिती सचिव सिर्जना कटुवाल, विर्तामोड अध्यक्ष सौरभ सुमन प्रसाई, हल्दिवारीका संयोजक किसोर आचार्य लगायत ३० जना कृषकको सहभागिता रहेको सम्हेलनमा जिल्ला सदस्य रमेश भट्टराईले स्वागत मन्तब्य राखेका थिए । विर्तामोडका संयोजक सौरभ सुमन प्रसाईले कार्यक्रमको औचित्य माथि प्रकास पारेको कार्यक्रम जिल्ला सचिव डिल्लि उप्रेतीले सञ्चालन गरेका थिए ।
ह्याचरी ब्यवसायिले मनोमानि ढंग वाट चल्ला देखि दाना सम्मको मुल्य वढाएपछी कृषकहरु आन्दोलित वनेका छन । ब्यवसाइक कुखुरा पालन गरेर आय आर्जनको सपना वुनिरहेका झापाली कृषकहरु कुखुरा वाट एका एक घाटा वेहोर्नुपर्ने परिस्थिती आइ परे पछि आन्दोलित वनेका हुन । पहिलो चरणमा जिल्ला प्रसाशन कार्यालय हुदै स्थानिय तह समेतमा गुहार माग्न वाँकि नराखेको वताउदै रान्यका कुनैपनि अंगले वास्ता नगरेको कृषकहरुको गुनासो छ ।

chiks

गर्मि महिना चल्ला वचाउनै मुस्किल जाडोमा चल्ला खरिद गर्न अचि चारोको चर्को मुल्यको मारमा परेका कृषकहरु त्यसमा पनि एक दिने चल्ला ३५ ग्रामको हुनु पर्नेमा २५ देखि ३० ग्रामको मात्र हुने नेपाल कुखुरा पालक किसान संघका सचिव डिल्लि उप्रेतिले जानकारी दिए । दाना उद्योगले दानाको मुल्य वढाए सँगै चल्लाको मुल्य पनि अधिक मात्रामा वढेको तर मासुका लागि कुखुरा खोर वाट उठाउदा भने कृषकको लागत भन्दा कममा दिनु पर्ने बाध्यता कृषकको छ । एउटा कुखुराको चल्ला हुर्काई मासुका लागि योग्य वनाउन सम्म प्रतिकेजि रु १ सय ६५ रुपैयाँ लागत पर्ने तर कुखुरा उठाउने डिलर भनौ विचौलियाले भने १ सय ५५ रुपैयाँ प्रति केजिका दरले भाउ दिने गरेको वताउछन नेपाल कुखुरा पालक किसान संघ झापाका अध्यक्ष राजन पौडेल । 
राज्यले कृषि विकासमा जोड दिइरहदा मुठि भर कम्पनिहरुले कृषक ठग्ने कार्यलइ तिव्रता दिएको सन्दर्भमा राज्यले चाहना गरे अनुसारको कृषि विकास र यस सँग सम्वन्धित गतिविधि सञ्चालन हुन सकिरहेका छैनन । कृषक मुखि कार्यक्रम सञ्चालन गर्ने राज्यको उध्घोष यि सेवा प्रदायक कम्पनिहरुले निरर्थक वनाइरहेको वताउछन नेपाल कुखुरा पालक किसान संघका जिल्ला सदस्य रमेश भट्टराई । उनि भन्छन झापा जिल्ला वाट सुरु भएको आन्दोलनमा देशै भरका कुखुरा पालक कृषकहरले साथ दिने र देस भर वाट खोरमा चल्ला नहालेर आन्दोलन सफल वनाउन सम्पुर्ण कृषकहरुलाइ आग्रह गर्दछु ।