ईटहरी : कृषि तथा पशुपंछि राज्मन्त्री रामकुमारी चौधरीले प्रदेश १ कै सवैभन्दा ठूलो सुविधा सम्पन्न कृषि वजार स्थल निर्माणका लागि इटहरीमा जग्गा नीरिक्षण गरेको छ ।

इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले राज्यमन्त्री चौधरीलाई इटहरी ९, १० र ११ नम्वरमा रहेका सार्वजनिक जग्गा अवलोकन गराए । प्रत्येक प्रदेशमा अत्याधुनिक सुविधासम्पन्न कृषि थोक बजार स्थल निर्माण गर्ने अभियानका क्रममा प्रदेश १ का लागि इटहरीमा अध्यन सुरु गरिएको राज्यमन्त्री चौधरीले बताए । उनले प्रदेश स्तरीय कृषि थोक वजार स्थल निर्माणका लागि कम्तिमा सात विगाह जग्गा आवश्यक पर्ने बताए ।

ita

उनका अनुसार मन्त्रालयवाट यहि हप्ता प्राविधिक र विज्ञको टोली पठाएर सम्भाब्यता अध्यन गरि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने छ । कृषि थोक वजार स्थलमा बिभिन्न किसिमका फलफूल र तरकारीका लागि अलग अलग कोल्डस्टोर निर्माण गरिने छ । कृषि जन्य पदार्थहरुका परिक्षणका लागि प्रयोगशाला स्थापना गरेर विज्ञ राखिने छ । कृषिजन्य उत्पादनको उत्पादन र विक्रिको अध्यन अनुसन्धान गर्न अनुसन्धानशाला पनि वबाइने उनले जानकारी दिए ।

वडा नम्वर ९ को गुद्रि वजारलाई ४० लाख
कृषि तथा पशुपंछि मन्त्रालय वाट इटहरी ९ स्थित हटियाको स्तरोन्नतीका लागि ४० लाख रुपियाँ विनियोजन भएको छ । इटहरीका मेयर द्धारिकलाल चौधरीले त्यहाँको कृषि वजारको स्तरउन्नतीको डिपीआर तयार भइसकेको बताए । उनले चाडै काम सुरु गरिने जनाए । कृषि क्षेत्रको विकासका लागि वजेट छुटयाई पूर्वकै आधुनिक थोक कृषि वजार इटहरीमा निर्माणको पहलका लागि उनले राज्यमन्त्री चौधरीलाई धन्यवाद दिए ।