सुनसरी:भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले वलियो घर निर्माणको बारेमा रेडियोकर्मीहरुलाई तालिम दिएको छ ।

सुनसरी,मोरग र झापाका १७ जना रेडियोकर्मीलाई इटहरीमा एक दिने तालिम दिएको हो । तालिममा भूकम्प पूर्वतयारी, राष्ट्रिय भवन संहिता, सुरक्षित निर्माणका १० विधि, भवनसंहिता कार्यावन्यनका रणनीति, विपद रिर्पोटिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु र रेडियोका लागि भूकम्प सम्वन्धि बिषयमा तालिम दिएको थियो हो ।

एनसेटको दरोघर दिगो वस्ति ब्यवस्थापक सुमन प्रधान, एनसेटका वरिष्ठ सञ्चार अघिकृत महाआनन्द तिम्सिना र इन्जिनियर हेमन्त गाँईले प्रशिक्षण दिएका थिए । तालिमको समापन समारोहलाई सम्वोधन गर्दै इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतले सुरक्षित घर निर्माण गर्ने अभियानमा मिडियाको भूमिका महत्वपूर्ण हुने वताइन् । उनले इटहरी उपमहानगरले भवन निर्माण सम्वन्धि ऐननै वनाएर भवन निर्माण संहिताको प्रभावकारी कार्यावन्यन गरिरहेको प्रष्ट पारिन् ।