धरान:  सयपत्री बोइज युनियन क्लब पानवारीले धरान–२० मा रहेको जनज्योती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेको छ ।

सोमबार धरान २० नं. वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका शिक्षक पुष्प तामाङ र वडाध्यक्ष मणिराम राईलाई उक्त ट्रयाकसुट वितरण गरेको हो । क्लबका अध्यक्ष एसपजंग रुम्दाली र धरान वडा नं. ६ का वडाध्यक्ष भुवनसिंह बस्नेतले संयुक्त रुपमा ट्रयाकसुट वितरण गरेका हुन् ।

क्लबले गत दशै तिहारमा पानवारी महोत्सव आयोजना गरी महोत्सवबाट उठेको रकमबाट विद्यालयका २२ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको क्लबका अध्यक्ष रुम्दालीले बताए । रुन्चे गायक भनेर चिनिएका धराने गायक प्रकाश पौडेलले महोत्सवमा गएर प्रस्तुती दिँदा उक्त विद्यालयलाई सहयोग गर्न आग्रह गरेपछि सहयोग गरिएको अध्यक्ष रुम्दालीले बताए । उनले क्लबले समाजसेवाका विभिन्न क्षेत्रमा सक्रियताका साथ काम गरिरहेको समेत बताए ।

पोशाक वितरण कार्यक्रममा बोल्दै धरान–६ का वडाध्यक्ष भुवनसिंह बस्नेतले क्लबले स्थानीय क्षेत्रमा विभिन्न समाज सेवाका काम गर्दै आएको र सोही कार्यक्रम अन्तर्गत धरानको ग्रामिण स्थानमा रहेको विद्यालयलाई सहयोग गर्दा हर्षित भएको बताए । धरान वडा नं २० का अध्यक्ष मणिराम राईले क्लब तथा गायक प्रकाश पौडेललाई धन्यवाद व्यक्त गर्दै ग्रामिण क्षेत्रमा रहेका बालबालिकालाई जाडोमा लगाउने कपडा उपलब्ध गराएर शैक्षिक क्षेत्रको विकासमा युवाहरुले योगदान पु¥याएको बताए