मलेसिया: मलेसियाको विभिन्न जेलहरुमा १ सय ४४ जना नेपाली श्रमिक रहेका छ्न । दूतावास श्रोतका अनुसार यो तथ्यांक अघिल्लो महिना सम्मको हो ।

जेलमा रहेका मध्ये अबैधानिक हैसियतमा पक्राउ परेकाको संख्या २७ रहेको छ भने काम गर्ने अनुमती पत्र नभएका ४७ जना, झै झगडा तथा चोरी सम्बन्धि ६७ जना छन् । यसैगरि, लागुऔषध ओसारपसारको मुद्दामा १५ जना, अपहरण मुद्दामा २ जना, बालबालिका सम्बन्धि अभियोगमा एक जना छन् भने मृत्यु दण्ड सम्बन्धि अभियोगमा १६ जना र राहदानी सम्बन्धि अभियोग मा १ जना रहेका छन् ।

विदेशको जेलमा रहेका नेपालीहरुलाई कानुनी रुपमा प्रतिरक्षा गर्न भन्दै श्रम रोजगार तथा सामाजिक मन्त्रालयले कार्यदल बनाई वैदेशिक रोजगारी लाई थप ब्यबस्थित र मर्यादित बनाउने उदेश्यले गत जेष्ठमा विभिन्न देशमा रहेका नेपाली नागरिकको कानुनी प्रतिरक्षा गर्ने निर्णय भएको थियो । कतिपय देशमा नेपाली नागरिकले कानुनी उपचार पाउन नसक्दा निर्दोष नेपाली नागरीकले समेत जेल जिबन बिताइरहन परेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशमा रहेका दूतावासलाई वकिल नियुक्त गर्ने आदेश दिएको थियो ।

नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले पनि गत जेष्ठ ११ मा भारतीय मुलुकका खेरेन जित लाई नेपाली दूतावासले वकिलमा करारमा नियुक्ती दिएको थियो । साधारण प्रकृतिका मुद्दाहरुमा निःशुल्क सेवा प्रदान गरिने भएता पनि गम्भीर प्रकृतिका मुद्दाहरुमा भने सेवाग्राही र वकिलको सहमतिमा शुल्क निर्धारण हुने ब्याबस्था रहेको दुताबासका द्धितिय सचिब प्रेमराज गौतमले जानकारी दिए । गत बर्षको तथ्यांक अनुसार ३१ जना नेपाली श्रमिक कारबाहीमा परेका थिए। केही नेपाली मुद्दा छिनोफानो भै स्वदेश फर्किसकेका छन भने, केही नेपालीको उद्दार गरि नेपाल फिर्ता गराउने तयारी चलिरहेको छ ।

अघिल्ला बर्षको तुलनामा जेल पर्ने नेपालिको सङ्ख्यामा वृद्धि भएको स्रोतले बताएको छ। चालू बर्षको अगस्ट ९ सम्मकै छोटो अबधिमा लागू औषध प्रयोगकर्ता मात्रै २२ जना पक्राउ परेका छ्न् । विभिन्न मुद्दामा कारागार परेका मध्ये सजाय भुक्तान गरी १२ वटा घरफिर्ती केन्द्रमा करिब १६९ नेपाली श्रमिक रहेको दुताबासले जनाएको छ । फिर्ती केन्द्रमा रहेका नेपाली श्रमिकका आफन्तहरुबाट नेपाली दलालहरुले पीडितलार्इ घर फर्काउने बहानामा ठगी गरेको गुनासो दूतावासमा आएकाले सिधै दूतावासमा सम्पर्क लिन सक्ने दूतावास स्रोतले जनाएको छ । मलेसियाको विभिन्न स्थानमा रहेर काम गर्दै आएका नेपाली कामदारहरुलाई अवैधानिक रुपमा काम नगर्न नेपाली राजदुतावास मलेसिया क्वालालम्पुरले अनुरोध गरेको छ ।

अवैधानिक भएर काम गर्नु आफू असुरक्षित हुने मात्र नभई यहाको अध्यागमन कानुनको समेत उल्लंघन हुने हुँदा यसो नगर्न सुझाव दिदै विभिन्न समय समयमा बिज्ञप्ति निकालेर सचेत गराइरहेको छ । मलेसियामा विभिन्न समयमा अबैधानिक कामदार तथा घरफिर्ती केन्द्रबाट समेत नेपाली ठगीमा पर्दै आएका छन् । ठगी गरेको एथेस्ट प्रमाण पाउँदा समेत राजदुताबासले दोषीलाई कारबाई गर्न नसकेको भन्दै श्रमिक अगुवाहरुले बेला बेलामा दूतावास प्रति असन्तुष्ट हुँदै आएका छन् ।