धरान:बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी साइन्याप्स अन्तर्गतको अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिताको दोस्रो दिन क्रिकेट, फुटबल, भलिबल, बास्केटबल र ब्याडमिन्टनका २० भन्दा बढी खेलहरु सम्पन्न भएको छ ।

साइन्याप्स आयोजक समितिका क्रिकेट संयोजक दिलिप गुप्ता र नवीन चौधरीका अनुसार बिपी ब्लु र बिराट मेडिकल कलेजबीच भएको क्रिकेट म्याचमा बिपी ब्लु ४७ रनले जित हासिल गरेको छ भने बिपी ओरेन्ज र केयुएसएमएसबीच भएको क्रिकेट म्याचमा बिपी ओरेन्जले ४७ रनले जित हासिल गरेको छ । यस्तै, फुटबल संयोजक प्रबिन भुसाल र सुनित छेत्रीका अनुसार बिपी डाक्टर्स र नोबेल मेडिकल कलेजबीच भएको फुटबल म्याचमा बिपी डाक्टर्स टिमले १-० गोलअन्तरले जितेको छ । त्यस्तै आइओएम र सिएमसिबिचको म्याच सिएमसिले २-०, बिपी येलो र किस्टबीचको म्याच किस्टले १-०, एनएमसि र केएमसिबीचको म्याच एनएमसिले ५-० तथा जेएमसि र कोम्सबीचको म्याच कोम्सले १-० ले जितेको थियो ।

भलिबल खेल अन्तर्गत सिएमसी र एनजिएमसी (ब्वाइज) बीचको खेल सिएमसीले २-०, नोबेल र बिराट (गर्ल्स) बीचको खेल नोबेलले २-०, बिपि रेड र किस्ट (गर्ल्स) बीचको खेल बिपि रेडले २-०, बिपि ब्लु र बिराट (ब्वाइज) बीचको खेल बिपि ब्लुले २-० तथा एनएमसी र केयुएसएमएस (ब्वाइज) बीचको खेल केयुएसएमएसले २-० अन्तरले जित हासिल गरेको जानकारी भलिबल संयोजक डिबि गुरुधामी र सिद्धराज रोकायाले दिए ।‍

BP photo 1

बास्केटबल खेल अन्तर्गत बिपि ब्ल्याक र बिराट (ब्वाइज) बीच भएको खेलमा बिपि ब्ल्याकले ३५-१२, सिएमसी र आइओएम (ब्वाइज) बीचको खेल सिएमसीले २१-१२, एनजिएमसी र युसिएमएस (ब्वाइज) बीचको खेल एनजिएमसीले २४-१८ तथा बिपि ब्लु र किस्ट (गर्ल्स) बीचको खेल बिपि ब्लुले ३२-१ स्कोरले जित हासिल गरेको जानकारी बास्केटबल संयोजक आशुतोष पान्डे, सुसान्त चौधरी र तेजेश साहले दिए ।

यस बर्षदेखि प्रायःसबै मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुका लागि तयार गरेकोले गत बर्षहरु भन्दा यो बर्ष खेल तथा अन्य कार्यक्रमहरुको स्तर बढेको कार्यक्रमका मिडिया संयोजक तथा प्रतिष्ठानमा एम.बि.बि.एस चौथो बर्षमा अध्ययनरत शुभम कुमार अग्रवालले बताए । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सदस्य बिरेन्द्र महतोले बताए ।