झापा : झापा अर्जुनधारा नगरपालिका कृषि शाखाको आयोजनामा कृषकलाई अध्ययन अवलोकन भ्रमण लगेको छ ।

नगर भित्रका ३० जना कृषक दुईजना वडा अध्यक्ष, कृषि विकास शाखाका प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको भ्रमण कार्यक्रम झापाको गौरादह नगरपालिका वडा नं. ६ मा रहेको महारानिझोडा साना किसान कृषि सहकारी सँस्था लि द्वारा सञ्चालित विउ प्रसोधन केन्द्र र नमुना एकिकृत सहकारी खेतिको अध्ययन अवलोकन गरी फर्किएको थियो । अध्ययनका क्रममा सहकारीले गरेको चाक्लावन्दि खेति र त्यसको अवधारणाका विषयमा एकिकृत नमुना खेतिका अध्यक्ष वेदनिधि चापागाईले सुझाएका थिए । विभिन्न प्रविधि वाट गरिएको सहकारी खेतिमा ८२ विगाहा जमिन लिजमा लिई ब्यवसायिक गाई पालन, अचार उद्योग, कृषक पाठशाला लगायतका कार्यक्रम तथा गतिविधि सञ्चालनमा रहेका छन । सामुहिक खेतिको अवधारणामा अगाडि वढेका सो खेति नेपालमै पहिलो र सफल खेतिको रुपमा परिचित छ ।

abalokan 2

साना किसान कृषि सहकारी वाट सञ्चालन गरिएको खेतिको अवलोकन पश्चात अर्जुनधारा नगरपालिका भित्र पनि यस किसिमको सामुहिक खेतिको अवधारणामा कृषिको विकास गर्नुपर्ने आफुलाई महसुस भएको वताउँछिन अर्जुनधाराकी ब्यवसायिक कृषक बृन्दा लुइटेल । भ्रमणमा सहभागि कृषकहरुमा सहकारी खेतिको अवलोजन र यहाँको प्रविधि बारे केहि बुझाइ पछि आफ्नो नगरमा पनि यस प्रकृतिको सामुहिक खेतिलाई योजना वद्धरुपमा आगाडि बढाउनु पर्ने साथै आफुपनि साना किसान कृषि सहकारीको अध्यक्ष भएको वताउँछन अर्जुनधारा ११ का वडा अध्यक्ष भैरव खड्का ,।
कृषकलाई एकिकृत खेति प्रणालिको जानकारीका साथै चक्लाबन्दि खेतिका लागि अग्रसर गराउने उध्येश्यका साथ भ्रमण कार्यक्रमको आयोजना गरिएको बताउदै अर्जुनधारा नगरपालिका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले भने “ ब्यवसायिक कृषि विकासका लागि सामुहिक खेतिनै आजको खावश्यकता बनेको हुँदा कृषकलाई यो एकिकृत नमुना खेति बाट केहि सिकाई हुने छ । ”

abalokan 3

अर्जुनधारा नगरपालिका झापाले नगरको वडा नं. ८ लाई कृषि पकेट क्षेत्र घोषणा गरे सँगै पछिल्लो समय ब्यवसायिक कृषिका क्षेत्रमा कृषकहरुको चासो वढेकोछ । यहि चासो र उत्साहमा थप टेवा पुर्याउने साथै ब्यवसायिक खेतिको अवधारणा तयार गर्न सहयोग पुर्याउने उध्येश्य राखेर अध्ययन अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरेको वडा नं. ७ का वडा अध्यक्ष नविन ढुंगानाले बताए ।