धरान :  प्याराग्लाइडिङको टेष्ट फ्लाइट हुने खबरले धनकुटाको साँगुरीगढी गाउँपालिका ५ डाँडाबजारका बासिन्दाहरु शनिबार बिहानै ध्वजे डाँडा उक्लिसकेका थिए ।

ध्वजे डाँडामा भ्यू टावर पनि बनेको छ । हम्मेसी डाँडामा नउक्लने स्थानीयहरु पनि शनिबार टावरमा भरिभराउ थिए । ध्वजे डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्न २ जना फ्रान्सेली पाइटलसहित नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाइडिङ संघ(नेफा)का प्रशिक्षक पाइलटसहितको टोली डाँडाबजार पुगेको थियो । परीक्षण उडानमा एक्स्ट्रीम धरानको संयोजक थियो । बिहान ९ देखि ११ बजेभित्र उड्ने योजना बनाएपनि टेक अफ बनाउन समय लाग्यो ।

Capture 2

उडानको लागि टेकअफ तयार हुदा झण्डै मध्याह्न भइसकेको थियो । प्याराग्लाइडिङ उडान हावा र मौषममा भर पर्ने भएकोले उडान सफल होला कि नहोला भन्ने द्धिविधा थियो । त्यही द्धिविधाबीच गाउँपालिका अध्यक्ष कुमारजंग याक्खाले पाइलट देशवीर जिमीलाई ग्लाइडर हस्तान्तरण गरे । पाइलट जिमी टेण्डम पाइलट हुन् । उनले स्थानीय एक युवासँग उड्न तम्तयार भए । उडान होला कि नहोला भनेर ब्यग्र प्रतिक्षामा बसेका स्थानीयमा त्यति बेला खुशी र उत्साहको सञ्चार भयो, जिमीले पहिलो प्रयासमा नै पहिलो उडान सफल बनाए ।

Capture 3

त्यसपछि, लगातार सुरेन गुरुङ, देशवीर जिमी, पासा, राजेश लिम्बू, रामप्रसाद राई, फ्रान्सेली पाइलट वेन र कोको पनि ध्वजे डाँडाबाट उड्न सफल भए । एकपछि अर्को गरी ६ जना पाइलटहरु उडेर ध्वजे डाँडा र डाँडाबजार वस्ती माथि पुग्दा गाउँलेहरुले ताली बजाएर खुशी प्रकट गरेका थिए । उनीहरु ध्वजेबाट उडेर धरानमा ल्याण्डिङ गरे । परीक्षण उडान सफल भएकोमा खुशी व्यक्त गर्दै एक्स्ट्रीमका अध्यक्ष लेखमणी जिमीले ध्वजेबाट भविष्यमा व्यावसायिक उडान गर्न सकिने प्रमाणित भएको बताए । पर्यटन विकास समिति डाँडाबजारका अध्यक्ष त्रिलोचन घिमिरेले अब गाउँपालिकाले व्यावसायिकरुपमा शुरुवात गर्न पहल गर्नुपर्ने बताए भने गाउँपालिकाका अध्यक्ष कुमारजंग याक्खाले पनि पर्यटनमा महत्वपुर्ण उपलब्धी हासिल भएको प्रतिक्रिया दिदै गाउँपालिकाले निरन्तरता दिन आवश्यक बजेट तथा कार्यक्रम बनाउने बताए ।

48363349_610682322700017_5532888677295849472_n 48370318_1948559288784058_2435470061419364352_n 48912108_338842003374801_1986788825304662016_n 48419426_1649627178472109_8373098061345325056_n

a Capture 4 Capture 6 Capture 5 pic 7