तेह्रथुम:  तेह्रथुमकै सर्वाधिक राशीको भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिता आज दुई खेल हुँदैछ ।

म्याङलुङ नगरपालिका–२ स्थित मैदानमा भइरहेको प्रतियोगितामा विहान ११ बजे इलाम र ताप्लेजुङ तथा दिउँसो २ बजे पाँचथर र मोरङबीच प्रतिष्पर्धा हुने आयोजक भगिमानसिंह स्मृति प्रतिष्ठानका प्रचार प्रसार संयोजक जुली सुब्बाले बताए । सोमबारको खेलमा आयोजक तेह्रथुमलाई संखुवासभा फुटबल संघले ३–२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा प्रदेश नं. १ का १० जिल्लाका एक–एक टिम सहभागी छन् ।

प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । नकआउटका आधारमा सन्चालन हुने प्रतियोगिता पौष ७ गतेसम्म सन्चालन हुनेछ ।