इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ साबिक को रामनगरभुटाहा गाविसमा रहेको शस्त्र प्रहरी बल बेस क्याम्प भुटाहाले सोमबार राती ८ बजे गस्ती गर्ने क्रममा २६ वटा गाइ र बाछा समातेको छ ।

सशस्त्र प्रहरी बल बेस क्याम्प भुटाहा का इनिस्पेक्टर धिरज गुरुङ को नेतृत्वमा ९ जना को गस्ती टोलीले सुराकीको अधारमा भुटाहा र घुस्की जोडने बाटोमा नहरको डिल(नरकटिया) मा गाइ र बछडा समातेको छ । समातिएको गाइ र बाछा २६ वटा मध्य २० वटा गाइ र ६ वटा बाछा रहेको शस्त्र प्रहरी बल बेस क्याम्प भुटाहाको इनिस्पेकटर गुरुङले बताए ।