इनरुवा: सुनसरीको कोशी गाउँपालिकास्थित भाण्टावारीबाट भन्सार छली ल्याउदै गरेको कपडा सशस्त्र प्रहरी बल भण्टावारीले सुरक्षा जाँचका क्रममा पक्राउ गरेको छ ।

भण्टावारीस्थित तीनकुने सीमा नाकाबाट भन्सार छली गरेर ल्याएको कपडा बसमा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको हो । पूर्व पश्चिम राजमार्गमा सवारी जाँचका क्रममा ना ५ ख ४५०० नम्बरको यात्रुवाहक बसको डिक्कीभित्र लुकाएर राखेको अवश्थामा १ लाख मुल्य बराबरको कपडा नियन्त्रणमा लिएको भाण्टावारी बीओपीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए । बरामद गरिएका सामानहरु सेतुबन्धु भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ ।