मोरङ: लागूऔषधसहित प्रहरीले बिराटनगर महानगरपालिका ४ महेन्द्र चोकबाट एक युवकलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उपमहानगरपालिका १५ का २२ बर्षीय विकास साहलाई पक्राउ गरेको हो । बुधबार साँझ साढे ५ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका साहलाई चेकजाँचको क्रममा लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साहको साथबाट एभिल ४० एम्पुल, डाईजेल्याव ३९ एम्पुल र लुपिजेसिक ३८ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद लागुऔषधसहित उनलाई थुनामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।