इटहरी:नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको प्रदेश नम्वर १ को प्रथम अधिवेशन सुनसरीको इटहरीमा सुरु भएको छ ।

नयाँ नेतृत्व चयन गर्ने गरी सुरु भएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको प्रथम प्रदेश अधिवेशन प्रदेश नम्वर १ का प्रदेससभा सदस्य लिलम बस्नेतले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । प्रदेश संयोजक मात्रृकाप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका विषयमा स्थापक कृष्ण पाण्डेले प्रकाश पारेका थिए ।

अधिवेशनको सफलताको शुभकामना प्रमुख अतिथि बस्नेत, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम, उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश कुमार विष्ट लगायतले दिएका थिए । अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै समापन हुने सो अवसरमा जानकारी गराईयो ।