तेह्रथुम: तेह्रथुममा जारी भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगितामा क्वाटरफाइनल समीकरण पुरा भएको छ । प्रतियोगिताको सेमीफाइनलमा पाँचथर र उदयपुर तथा झापा र इलाम खेल्ने भएका छन् ।

बिहीबार उदयपुरले संखुवासभालाई र झापाले धनकुटालाई पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेपछि सेमीफाइनको समीकरण पुरा भएको हो । पाँचथर र इलामले यसअघि नै वाइमा पर्दै अन्तिम चारमा स्थान बनाएको थियो । विहीबारको खेलमा उदयपुरले संखुवासभा फुटबल संघलाई ४–० गोलले स्तब्ध बनायो । खेलमा उदयपुरकालागि समिराज राउतले ह्याट्रिक पुरा गरे भने अर्जुन मगरले १ गोल गरे ।

इन्जुरी समयमा पाएको पेनाल्टी सुटआउटमा समेत संखुवासभाले गोल गर्न सकेन । गल्ती दोहो¥याएपछि संखुवासभाका क्याप्टेन दिपक चौहानले रातो कार्ड पाउदै मैदान छोड्न बाध्य भए । उदयपुरका खेलाडी सुमित श्रेष्ठले पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

अर्को खेलमा झापाले धनकुटा फुटबल संघलाई ५–१ गोलअन्तरले पराजित गर्यो । झापाको लागि खेलको ७ औँ र १५ औँ मिनेटमा प्रमोद चौधरी, गणेश हेमरनले एक एक गोल गरेका थिए । पहिलो हाफमै धनकुटाका विजय मगरले डि–एरियामा फल गरेपछि रातो कार्ड पाएर बाहिरिए । पेनाल्टीमा झापाका प्रमोद चौधरीले थप गोल गर्दै अग्रता तेब्बर बनाए । ३–० गोल अन्तरको खेल खेलिरहेको धनकुटालाई आफ्नो खेलाडीसमेत गुमाउँदा थप दबाब प¥यो । दोश्रो हाफमा झापाका गणेश हेमरनले ह्याट्रिक पुरा गर्दा धनकुटाको लागि शावल मल्लले सान्त्वाना १ गोल फर्काएका थिए ।

प्रतियोगिताको सेमीफाइनल खेलमा शुक्रबार ११ बजे पाँचथर र उदयपुर तथा दिउँसो २ बजे झापा र इलामबीच मैदानमा प्रतिष्पर्धा हुने आयोजक भगिमानसिंह तुम्बाहाम्फे स्मृति प्रतिष्ठानका सचिव इन्द्र तुम्बाहाम्फेले बताए । यसअघि ५ टिम रहेको समुह ‘ए’ बाट मोरङलाई २–० ले पराजित गरेको पाँचथर लक्की ड्रबाट बाइमा पर्दै सेमीफाइनलमा पुगेको थियो । यस्तै ५ टिम नै रहेको समुह ‘बी’ बाट ताप्लेजुङलाई पराजित गरेको इलामले पनि लक्की ड्र बाट अन्तिम चारमा स्थान बनाएको थियो ।