धरान: आफ्नै घरमा लागुऔषध लुकाएर कारोबार गर्ने धरानका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले आज बिहीबार दिउँसो करिब ४ बजे धरान १३ का ३१ बर्षीय रोशन मगरलाई पक्राउ गरेको हो ।

आफ्नो घरमा लागुऔषध संचित गरी बिक्रीवितरण गर्ने गरेको सुचनाको आधारमा मगर सुत्ने कोठमा तलासी लिदा लागुऔषध फेला परेको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । उनका अनुसार कोठाबाट डाईजेलाब २५ एम्पुल, लुपिजैसिक २५ एम्पुल र एभिल २५ एम्पुल फेला परेको छ ।

खाट मुनी पहेलो झोलामा पोको पारी लुकाई राखेको अवस्थामा ती लागुऔषध वरामद गरिएको प्रहरीले जनाएको छ । मगरलाई लागुऔषध मुद्दामा अनुसन्धान शुरु गरिएको पनि इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।