विष्फोटन : धरानबाट प्रकाशन हुने विष्फोटन दैनिकले “नोटबन्दीको कारण बिरामी मर्कामा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मन्त्रिपरिषद्ले भारु २००, ५०० र २००० का नोटमाथि प्रतिबन्ध लगाए पनि विराटनगरमा यसको पनलना भएको देखिएन । विहिबार विराटनगरस्थित आँखा अस्पतालमा सञ्चारकर्मी पुग्दा प्राङ्गनमा विरामीका आफन्तहरु भरु नोट सुम्सुम्याईरहेका थिए, जसमा प्रतिबन्धित २०० दरका नोट पनि थिए । भारतको पश्चिमबंगाल राज्यको दिनाजपुरबाट अनिल आखाँको उपचार गराउनका लागि प्रतिबन्धित भारु नोटहरु बोकेर विराटनगर आखाँ अस्पतालमा आएका रहेछन् । उपचारका लागि भारु २०० दरका नोट लिएर आएका उनी नेपालमा नोट नचल्ने सुनेपछि अलमलमा परेका दखिन्थे ।

औजार : धरानबाट प्रकाशन हुने औजार दैनिकले “कर्मचारी आन्दोलनमा, सेवाग्राही मर्कामा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्तिएका कर्मचारीका आन्दोलनका कारण सुनसरीका स्थानीय तहमा चारदिन देखि काम ठप्प भएको छ । आईतबारदेखि सुरु भएको कर्मचारी आन्दोलनका कारण सुनसरीको २ उपमहानगर धरान , इटहर िसहितका १२ वटा स्थानीय तहका कामकाज ठप्प हुदाँ सेवाग्राही मर्कामा परेका छन् ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाईम्सले “धरान–कोशी व्यारेज रेल कुदेको सम्झँदै” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । पछिल्ला समय नेपालमा भारतिय रेल नेपाल आएको, चीनबाट रेल आउने जस्ता कुराले मिडियामा ठाउँ पाउँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भाारत संग गरेको सम्झौँताले नयाँ रेल आउनु राम्रै कुरा हो । तर छ दशक अघि नेपालमा चलेको रेललाई पुनः सञ्चालन गर्ने कुरा नभएकोमा बराहक्षेत्रका स्थानियलाई भने चित्त बुझेको छैन । कोशी व्यारेज निर्माणका लागि ढुंगा ओसार्न धरान, चतरा, चक्रघटी हुदैँ भारतको भीमनगरसम्म चल्थ्यो ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उदघोष देनिकले “रेल सञ्चालनको तयारी” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । नेपालमा भारतको विहार प्रान्तबाट दुई स्थानमा रेल आउने भएको छ । जयनगरदेखि जनकपुरसम्म र बथनाहदेखि नेपाल तफको मोरङ कटहरीसम्म भारतीय रेल आउन लागेको हो । आधुनिक प्रविधि र उच्च गतिको चिनियाँ रेलको चर्चा भइरहदा नेपालमा भने भारतबाट पहिलो आधुनिक रेल आउन लागेको हो ।