इटहरी: इटहरी जेसीजका पूर्व अध्यक्ष महेश पौडेलले बर्ष २०१९ को लागि नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिदैछन् ।

अघिल्लो बर्ष पनि राष्ट्रिय अध्यक्षमा झिनो मतान्तरले पराजित भएका पौडेलले यसबर्ष आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । जेसिजको ४५ औं राष्ट्रिय महाधिवेशन यही प्रदेश नं २ को राजधानी जनकपुरमा पुष ७, ८ र ९ गते सम्पन्न हुदैछ ।

पौडेललाई राष्ट्रिय अध्यक्षमा जिताउन जेसिजका युवाहरुको टोली सक्रियतापुर्वक लागिपरेका छन् । उनी युवाहरुमा माझ लोकप्रिय छन् । जनकपुर महाधिवेशनको नजिकिदै गर्दा पौडेल अध्यक्ष पदका वलियो दाबेदारकोरुपमा उभिएका छन् । उनी जेसिजसँगै समाजसेवाको क्षेत्रमा परिचित छन् । सन् २००६ मा जेसीज अभियानमा वर्ष २००७ को सफल उपाध्यक्ष भएका थिए भने सर्वोत्कृट शाखा सदस्यबाट पुरस्कृत भएका थिए । यस्तै, पौडेलले बर्ष २००८ मा इटहरी जेसीजमा कोषाध्यक्ष (उत्कृष्ट शाखा पदाधिकारी पुरस्कार) पनि हात पारेका थिए ।

यसैगरी, बर्ष २००९ मा महासचिव भएर नेपाल जेसीजको उत्कृष्ट महासचिव पुरस्कार समेत प्राप्त गर्न सफल भएका थिए । बर्ष २०१० मा कानुनी सल्लाहकार हुँदै बर्ष २०१२ मा इटहरी जेसीजको शाखा अध्यक्ष भई युवाहरुको नेतृत्व गरेका थिए । सन २०१३ मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पनि रहेर उनले महत्वपुर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् । बर्ष २०१५ मा नेपाल जेसीजको बोर्ड सल्लाहकार र बर्ष २०१६ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष भई पौडेलले कुशल नेतृत्वको पहिचान बनाइ सकेका छन् ।