धरान : हिउँद याम सुख्खा मौषम शुरु भएपछि धरानमा पुनः खानेपानी अभाव शुरु भएको छ । सवा २ अर्बको खानेपानी परियोजना सञ्चालनमा भएपनि धरानबासीहरुले खानेपानी अभावबाट मुक्ति पाउन सकेका छैनन् ।

खानेपानी संस्थानले सुख्खा मौषम शुरु भएको कारण जनाउदै भोली शनिबार (पुष ७ गते) देखि धरानमा दिन विराएर मात्र पानी वितरण गर्ने जनाएको छ । संस्थानको धरान शाखा कार्यालयले सुचना जारी गर्दै शनिबार बिहानदेखि धरान उपमहानरपालिकाको पुर्वक्षेत्रका वडाहरुमा र ८ गते बिहानदेखि पश्चिम क्षेत्रका वडाहरुमा दिन बिराएर मात्र पानी वितरण गर्ने जनाएको छ । सुख्खा मौषममा खानेपानीको मुहान (श्रोत)हरु सुक्ने भएकोले माग वमोजिम पानी वितरण गर्न नसकिने संस्थानको भनाई छ ।

w 2

एसियाली विकास बैंक (एडिबि) को ऋण तथा अनुदान रहेको २२ मिलियन अमेरिकी डलरको आयोजनाको म्याद सकिसकेको छ । विवादै विवादबाट शुरु भएको आयोजना २ पटक म्याद थपिदा पनि पुरा हुन सकेन । एडिबिले तेस्रो पटक म्याद थप्न नमानेपछि आयोजनाको भविष्य नै अन्यौलमा छ । २०१८ को डिसेम्बर अन्तिमसम्ममा आयोजनाको सम्पुर्ण फरफारक भइसक्नेछ । एडिबिले म्याद थप्न नमानेको आयोजनाको विजयपुरस्थित पाँचकन्या सबसिस्टमको रिबर्ज वेयर अब धरान उपमहानगर आफैले वा अन्य स्रोत (बजेट) जुटाएर निर्माण गर्नुपर्ने हुन्छ ।

जनसरोकार मञ्चले हालेको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरणको काम पनि रोकिएको छ भने इन्टरकनेक्सन पनि हुन पाएको छैन । संस्थानको पुरानो पाइप र खानेपानी आयोजनाको नयाँ पाइपबीच इन्टरकनेक्सनको काम गर्न नपाउदा चारकोशी जंगलबाट आयोजनाले निकालेको खानेपानी वितरण हुन पाएको छैन ।

w 3

यसैबीच, खानेपानी आयोजनाको अनुगमन समितिका संयोजक सुजेन्द्र गोले तामाङले खानेपानी समस्या हुन नदिन आयोजनाले जंगलबाट पुर्ण क्षमतामा उत्पादन गरी रेल्वे सिस्टम र पिण्डेश्वर सिस्टमबाट पनि खानेपानी उपलब्ध गराउन आग्रह गरको छन् । यसो गर्दा धरान ११, १७ र १५ कय जनताहरुमा सहजरुपमा खानेपानी उपलब्ध गराउन सकिने उनको भनाई छ । साथै, विष्णु चोकस्थित रेल्वे सिस्टमबाट खानेपानी सप्लाई हुने गरी मंगलबारे र रत्नचोकतर्पm पनि आयोजनाले पाइपलाइन विस्टार गरेर १७ र ११ का थप जनतामा खानेपानी पहुँच पुर्याउन उनले आग्रह गरेका छन् । ‘पिण्डेश्वर सिस्टमबाट बचत भएको पानीलाई खानेपानी संस्थानमा रहेको सुम्निमा सिस्टमबाट वितरण गर्ने व्यवस्थाको लागि आयोजनालाई आग्रह गर्दछु,’संयोजक तामाङले फेसबुकमार्फत आग्रह गर्दै भनेका छन् ।