धरान:चार किरातभित्रकै लिम्बू जातिहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङले भने दशैंको विकल्पमा आफ्नो मौलिक चाडमा टिका लगाउने परम्परा बसालेको छ ।

यो नयाँ परम्परालाई निरन्तरता दिदै शनिबार पनि लिम्बू समुदायले धरानमा मंसिरे पुर्णिमा अर्थात उधौली मनाउदै टिका लगाएका छन् । लिम्बू जातिले उधौलीलाई चासोक तङनाम भन्ने गर्छन् । धरान १५ स्थित चुम्लुङ हिममा आयोजित ४ दिने चासोक तङनाम साँस्कृतिक उत्सवमा बालबालिकाहरुलाई सामुहिकरुपमा सेतो टिका लगाएर नयाँ पुस्तालाई दशैंको विल्कप चासोक भएको सन्देश लिम्बू अगुवाहरुले दिएका थिए ।

news 123

चुम्लुङ नगर समितिको आयोजनामा शुरु भएको ४ दिने चासोक तङनामको उद्घाटन समारोहमा १५ बर्ष उमेरसम्मका बालबालिकाहरुलाई मान्यजनहरुले टिका लगाइदिएका थिए । फेदाङ्मा सङ्जुम्भो लिम्बू, चुम्लुङ जिल्ला अध्यक्ष मोहन हुक्पा चोङवाङ, जिल्ला सदस्य सिंहबहादुर नेम्बाङ र चुम्लुङकी केन्द्रीय सल्लाहकार चन्दामाया लिम्बूले टिका लगाइदिएर दक्षिणा दिएका थिए ।

चुम्लुङका जिल्ला अध्यक्ष मोहन हुक्पा चोङबाङ लिम्बू जातिको मुख्य चाड नै चासोक तङनाम भएको बुझाउन केटाकेटीहरुलाई टिका लगाइदिएको बताउँछन् । ‘हाम्रो दशैं भनेपनि, मुख्य चाड भनेको पनि यही चासोक तङनाम हो । त्यसैले आफ्ना सन्तानहरुलाई यो कुरा बुझाउन यसरी टिका लगाइदिएका हौ,’उनले भने