भुटाहा :  सुनसरीको हरिनगर गाउँपालिका मा जारी प्रथम वडा स्तरीय नकाउट फुटबल खेल प्रतियोगिता फाइनल खेल समापन भएको छ ।

हरिनगर गाउँपालिका वडा नम्बर १ मा रहेको एपोलो ११ युथ स्पोर्टस क्लब हरिनगर गा . पा. (भुटाहा ) सुनसरी को आयोजना र हरिनगर गा. पा. एवं ७ वटै वडा कार्यालयहरु बाट सहयोग लिइ प्रथम वडा स्तरीय छ्नोट फुटबल प्रतियोगिता गरिएको थियो । सो खेलमा राम्रो खेलने खेलाडीहरु लाई छनोट गरि गाउँपालिका स्तरीय टिम निर्माण गर्ने उदेश्य रहेको आयोजक टिम ले जनाएको छ ।फाइनल खेल हरिनगर गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ को बीच खेल भएको छ ।

प्रथम वडा स्तरीय छनोट प्रतियोगिता को प्रमुख अतिथि हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी , अतिथिहरु वडा नम्बर १ का वडा अध्यक्ष लतिफ अन्सारी ,वडा नम्बर २ अध्यक्ष युनुस मिया ,वडा नम्बर ५ वडा अध्यक्ष हबिब अन्सारी ,वडा नम्बर ६ का वडा सचिब समिम अन्सारी ,नेपाली कांग्रेस हरिनगर गाउँपालिका वडा नम्बर १ र २ सभापति सराजुद्दिन मिया , इलाका प्रहरी कार्यालय हरिनगरा का प्रमुख भिम बहादुर श्रेष्ठ , शस्त्र प्रहरी बेस क्याम्प भुटाहा इनिस्पेक्टर धिरज गुरुङ , समाज सेवि लगायत को उपस्थिति रहेको थियो ।सो खेलमा राम्रो खेलने खेलाडीहरु लाई छनोट गरि गाउँपालिका स्तरीय टिम निर्माण गर्ने उदेश्य रहेको आयोजक टिम ले जनाएको छ ।

आजको फाइनल खेल हरिनगर गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ को बीच खेल भएको छ । यसैबीच शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा सुरुवाती ५ मिनेट भित्र हरिनगर गा . पा. वडा १ साबिक को रामनगर भुटाहा ९ (चपडाही)का खेलाडी नईमा अन्सारी ले १ गोल गरि टिमलाई विजय गराएको हो ।खेलमा हरिनगर गा . पा. वडा १ ले वडा नम्बर २ दुई लाई ० - १ गोल ले वडा नम्बर १ विजय भएको छ । सो खेल हरिनगर गाउँपालिका का ७ वटै वडाहरु मा रहेको खेलाडीहरु सहभागिता भएका मध्य केहि खेलाडी हरु छनोट भएको आयोजक संस्था का उपाध्यक्ष इरफान अन्सारी ले बताए ।