तेह्रथुम :  आँखा रोगीहरुलाई लक्षित गरी म्याङलुङमा सन्चालित तीन दिने निःशुल्क आँखा शिविर शुक्रबार सम्पन्न भएको छ । शिविरमा ६ सय ७७ जनाले सेवा लिएका छन् । त्यसमध्ये ६६ जनाको आँखाको अपरेसन भएको आँखा उपचार केन्द्र तेह्रथुमका देवेन्द्र शाहले बताए ।

नेपाल रेडक्रस सोसाइटी तेह्रथुम र आँखा उपचार केन्द्र तेह्रथुमको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सन्चालन भएको थियो । शिविरमा आँखा अस्पताल विराटनगरका डाक्टर मनिष पाण्डे नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा जाँच, परामर्श, औषधी वितरण, चष्मा वितरण तथा अपरेसनको काम गरेको थियो ।

सोही प्रकृतिको शिविर छथर गाउँपालिकाको शुक्रबारे बजारमा पनि पुष ८, ९ र १० गते सन्चालन गर्ने तयारी रहेको रेडक्रस तेह्रथुमका कार्यक्रम अधिकृत पुर्णचन्द्र श्रेष्ठले बताए ।