इटहरी  :  सुनसरीको इटहरीमा रहेको मेघा बचत तथा ऋण सहकारी संस्थाले सातौं साधारणसभाको अवसर पारेर सरकारी संघ आवद्ध विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

मेघा बचतले आफना उत्कृष्ट शेयर सदस्य तथा कर्मचारीहरुलाई सम्मान गरेको हो । उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यका रुपमा नारायणप्रसाद वाग्ले , सुभाष निरौला ,गणेशबहादुर खड्का , धु्रवप्रसाद पोखरेल र कुमार बस्नेतलाई सम्मान गरेको छ । त्यसै गरी उत्कृष्ट काम गर्ने कर्मचारीहरु विमला ढकाल र सिता निरौलालाई समेत सम्मान गरियो । सहकारीका अध्यक्ष अनिल गुरागाईको अध्यक्षता तथा राष्ट्यि सहकारी वैकका अध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्मपन्न साधारणसभामा सहकारी समन्वय समिति इटहरीका संयोजक भोलाकाजी बस्नेत, शैलेस विष्ट सञ्जीव ढुङ्गाना लगायतले सहकारी क्षेत्रका विषयमा चर्चा गरेका थिए ।

पाँच सय तेह्रजना शेयर सदस्य रहेको उक्त मेघ बचत तथा ऋण सहकारी संस्थाले सातौ बार्षिक साधारणसभासम्म आई पुग्दा ४ करोड ८५ लाख रुपियाँ बढिको आर्थिका कारोवार गरिसहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।