धरान : प्रदेश १ मा नै पर्यटकिय स्थलको रुपमा चर्चित वन्दै गइरहेको धरान १५ स्थित वगर कोटलाई चाडै नै नाइट लाइफ मार्केटको रुपमा व्यवस्थित गर्ने धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मन्जु भण्डारीले जनाएको छ ।

एमएच विविक्यु हाउसको आयोजनामा “एचआइभि संक्रमित तथा प्रभावित वालवालिकाको शिक्षाको लागि सहयोगार्थ” डिजे मलिक स्याडो च्यारेटि नाइट कार्यक्रममा वोल्ने क्रममा शुक्रवार सो कुराको जानकारी गराएका हुन ।  धरानको पर्यटन पर्वद्धनको लागि पनि सो कुराको आवश्यक रहेको उनले जनाए । व्यस्त वन्दै गइरहेको जिवनशैलिलाई हेर्ने हो भने रिफ्रेस हुनलाई पनि धरानमा नाइट लाइफ मार्केट आवश्यक रहेको उनले जनाए ।

बगरकोट स्थित एमएच विविक्यु हाउसको हलमा आयोजित कार्यक्रममा डिजे मलिक स्याडोको डिजे म्युजिक भिडियोको विमोचन समेत भएको छ । प्रदेश १मा नै पहिलो पटक डिजे द्धारा निकालिएको डिजे म्यिुजिकको विमोचन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख मन्जु भण्डारी र विशेष अतिथि धरान उपमहानगरपालिकाका पुर्व मेयर मनोजकुमार मन्याङ्गवोले संयुक्त रुपमा म्युजिक प्ले गरेर विमोचन गरेका थिए । च्यारेटि नाइटमा उपस्थित पाहुनाहरुलाई मनोरञ्जन दिलाउन धरानका नव गायक जोन एण्ड जोन, समिता लिम्वु, सिंहवहादुर मादेन र सुभलक्ष्मि राईले अनप्लग लाइभ म्युजिक प्रस्तुति दिएका थिए ।

कार्यक्रम वाट उठेको रकम धरान पोजिटिभ समुह र धरान रनको सहकार्यकमा खोलिएको एचआइभि संक्रमित तथा वालवालिकाको शिक्षाको लागि हातेमालो अक्षयकोषमा सहयोग गर्ने आयोजक एमएच विविक्युका प्रोपराइटर जिवन लिम्वुले जनाए । अक्षय कोषमा कम्तिमा २५ हजार रुपैया सहयोग गर्ने लिम्वुले वताए । कार्यक्रममा राखिएको डोनेसन वक्समा धरानका पुर्व मेयर मनोजकुमार मन्याङ्गवोले ५ हजार रुपैया सहयोग गरेका थिए । उनी संगै नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला बास्केटवल संघ सुनसरीका, अध्यक्ष नारायण सुवेदि, वुमन वर्थ ग्रुप लगायतले सहयोग गरेका थिए । कार्यक्रममा धरान वार्ड न. १५का वडाध्यक्ष नरेस इवारम, अग्रज पत्रकार तथा लेखक जनकऋषि राई, धरान उपामहानगरक पर्यटन वोर्ड सहसंयोजक किशोर थुलुङ्ग लगायतको उपस्तिति रहेको थियो । कार्यक्रम बेलुकि ५ वजे देखि साढे दश वजे सम्म चलेको थियो ।