पथरी: विद्यार्थीका लागी पानी पिउन सहज होस भनेर विद्यालयले वनाएको खानेपानीको धारावाट हावा मात्र आउछ भन्दा धेरैलाइ पत्यार नलाग्न सक्छ । तर मोरङको पथरी शनिश्चरे ४ सिरिसेडाँडामा रहेको श्री सरस्वती आधारभूत विद्यालयको खानेपानीका लागि ५ लाख रुपैँया खर्च गरेर निर्माण गरिएको खानेपानीका धाराबाट पानी होइन, हावा मात्र आउने गरेको छ ।

पाँच लाख खर्चिएको योजनाबाट करिब २ हप्तासम्म मात्रै पानी आयो । त्यसपछि बन्द भएको पानी अझैसम्म पानी आएको छैन । पथरी शनिश्चरेको केही उच्च भागमा पर्ने यस विद्यालयमा पहिलेदेखि नै खानेपानीको समस्या रहदै आएको थियो । विद्यालयले आफ्नो श्रोतबाट ट्युवेलको पानी प्रयोग गरिरहेको थियो । पछिल्लो समय ५ लाखको लगानीमा खानेपानी योजनाको निर्माण गरिएको थियो । सो योजना इभान फेमिली ट्रष्ट युकेको सहयोगमा निर्माण भएको थियो । इभानको धरान शाखा कार्यालयको पहलमा निर्माण भएको सो खानेपानी योजना अन्तरगत जमिन मुनी बोडिङ गरिएको छ ।

पिउनका लागि आधुनिक प्रविधिको फिल्टरको व्यवस्था, शौचालयका लागि आवश्यक पानी भण्डारणका लागि ४ वटा पानीट्याङ्की, प्रत्येक शौचालयमा धारा, हातखुट्टा धुनका लागि अलग्गै धाराको व्यवस्था गरिएको छ । प्रत्येक शौचालयमा साबुनको व्यवस्था छ तर पानीको व्यवस्था नहुदा साबुनको प्रयोग हुन सकेको विद्यालयका शिक्षक भूपाल ठटालले बताए । पानी तान्नका लागि प्रयोग गरिएको अन्डर ग्राउण्ड मटरले बढी मात्रामा विद्युत खपत गर्ने गरेको छ । वढी विद्युत खपत हुदाँ वढी क्षमताको एमसीवी राख्नुपर्ने हुन्छ । नयाँ एमसीवीका लागि झनझटिलो प्रकृया भएकाले प्रकृया पु¥याउदा पु¥याउदै ढिलो भयो । सबै प्रकृया पु¥याएर पनि कम क्षमता भएको एमसीवी भएकाले एमसीवी फेर्नका लागि एक हप्ता अगाडी नै निवेदन दिएको प्रधानध्यापक राम प्रसाद न्यौपानेले बताए ।

विद्यालयमा २ सय ५० जना विद्यार्थीहरु छन् । विद्यार्थीले पानी अभावकै कारण शौचालय जान पनि पाएका छैन । यसले विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव पारेको छ । लाख लगानी गरेर निर्माण गरिएको खानेपानी योजनालाई विद्युत प्राधिकरणकै कारण समस्या भने नरहेको विद्युत प्रधिकरण फ्युज शाखाका मोती श्रेष्ठले वताए । सोबारे जानकारी नै नआएको र गुनासो आए समस्या समाधानका लागी सहयोग गर्ने श्रेष्ठले वताए । दाताको सहयोगमा निर्माण गरिएको खानेपानी योजना अहिले प्रयोगविहिन वनेको छ ।