धरान: इलाका प्रहरी कार्यालय धरानले शनिबार साँझ करिब साढे ५ बजे धरान ८ भोटेपुलबाट लागुऔषध बिक्रीवितरण गर्दै गरेका एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सभागृह मार्ग बस्ने ३७ बर्षीय विशाल विश्वकर्मा रहेका छन् । उनको साथबाट गाँजाजस्तो देखिने वस्तु २ सय ग्राम र स्पास्मो प्रोक्सिन ५ सय ४ क्याप्सुल पनि वरामद भएको प्रहरीले जनाएको छ । उनलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध मुद्दामा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।