भोजपुर : पौवादुङमा गाउँपालिका ३ च्याङग्रेमा शनिबार राति आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ । स्थानीय कुमार श्रेष्ठको घरमा राति ११ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशबकुमार थेवेले जानकारी दिए ।

कुमार श्रेष्ठ आफैँले जाँड रक्सी खाएर घरमा आगो लगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानपछि श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडालगायतका समाग्री जल्दा ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।