इटहरी: दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगीता सोमबारबाट सुरु भएको छ । विद्यार्थी खेलकुद समिति जनता बहुमुखी क्याम्पसद्धारा आयाजित प्रतियोगीताको उद्घाटन खेलमा जनता बहुमुखी क्याम्पस र विश्व आदर्श कलेज बीच भएको खेलमा जनताले विश्व आदर्शलाई ५–१ का अन्तरले पराजित गरेको छ ।

जनताको तर्फबाट इमरान खानले खेलको १३ र ५१ मिनेटमा दुई गोल गरे । त्यस्तै, सुचिन्द्र चौधरीले २२ औँ मिनेटमा एक गोल गरे साथै मुकेस चौधरीले खेलको ४७ औँ मिनेटमा १ गोल गर्न सफल भएका थिए विश्व आदर्शले १ गोल आत्मघाती गर्दा ५ गोल भएको थियो । विश्व आदर्शको तर्फबाट जिसन गुरुङले खेलको २७ औँ मिनेटमा १ गोल गरि आफ्नो टीमको साख जोगाएका थिए । जितसँगै जनता सेमिफाइनलमा प्रवेश गरेको छ । जनता क्याम्पसकै इमरान खान म्यान अफ दि म्याच घोषित भएका थिए ।

प्रतियोगितामा ८ वटा टीम सहभागी रहेको छ । विजेता हुने टीमले ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने विद्यार्थी खेलकुद समितिका अध्यक्ष बिनोद खड्काले बताए । उनका अनुसार गतसालबाट खेलकुद विद्यार्थी समिति गठन गरिएको र खेल क्षेत्रको उत्थानका लागि प्रतियोगीता सञ्चालन गर्दै आइएको हो । प्रमुख अतिथि जनता बहुमुखी क्याम्पस प्रमुख भोजराज श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए ।