ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “ लालपुर्जा छ, जग्गा गायब” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । मोरङ ग्रामथान गाउँपालिका ७ की इसुमती चौधरीलाई नरातमा निन्द्रा लाग्छ, न त राम्रोसंग खाना खान नै । जिन्दगी भरको कमाईबाट जोडेको घरजग्गा हराएको चिन्ताले दिनरात सताएको उनले गुनासो पोखिन् ।  जग्गा   दलालको विभिन्न तानाबानाका कारण मेहनतले कमाएको करोड बढि मुल्य पर्ने उनको घर जग्गाको नक्सा लालपुर्जा गायव छ ।

उद्घोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “अवैध भारुको कारोबार” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । विराट आख अस्पतालमा सरकारले लगाएको प्रतिवन्धित भारु रकममा कारोबार हुने गरेको छ । सरकारले तीनवटा दरका भारतीय नोटमा प्रतिवन्धित लगाए पनि विराट आँखा अस्पतालमा अवैध रुपमा प्रतिवन्धित भारुमा कारोबार हुने गरेको हो । केही हप्तादेखी नेपालमा भारु २ सय, ५ सय र २ हजार दरका नोट नचल्ने गरी वर्तमान सरकारको मन्त्री परिषदको निर्णय थियो ।

औजार : धरानबाट प्रकाशन हुने औजार दैनिकले “प्रदेश सरकारले सुरु ग¥यो विकास बजेट” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । प्रदेश नं. १ सरकारले विकास बजेट कार्यन्वयन सुरु गरेको छ । आवश्यक संरचनाको अभावमा विकास बजेट खर्च गर्न नसकेको सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिए संगै वजेट कार्यन्वयनको काम थालेको हो । प्रदेश सरकारले विभागीय मन्त्रालयमार्फत निती तथा कार्यक्रमलाई अघि बढाएको हो । सरकारले निति तथा कार्यक्रमनुसार बजेट अख्तियारीसहित कार्यन्वयनका लागि पठाएको हो ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “उपमहानगरपालिकाको कर्मचारी घाम ताप्दैँ” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । दिनहु १० बजेपछि कर्मचारी र सेवाग्राहिहरुको चहलपहल हुने धरान उपमहानगरपालिका कार्यलय परिसर हिजोआज प्रायः सुनसान हुन्छ । जाडोको मौसममा विहान घाम सबैलाई न्यानो लाग्छ । कर्मचारीहरु आउँछन्, तर उनीहरुको आन्दोलन चालु रहेकोले घाम ताप्ने बाहेकका अरु काम गर्दैनन् । आन्दोलनका बारेमा थाहाँ नपाएका सेवाग्राहीहरु उपमहानगरपालिकामा काम लिएर आउँछन् तर नियाश्रो अन’हार लिएर फर्कन्छन् ।काम रोकिनुको कारण १० बजेनै कर्मचारीहरु हाजिरी नभएर भने होईन । उपस्थित भएपनि नियमित काम भने ठप्प पार्दा सेवाग्राहीहरु फर्कनु परेको हो ।