थाइल्यान्डको चाङमइमा गतसाता सम्पन्न दशौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा स्वर्ण जितेका नेपालका महेश्वर महर्जनलाई थाइ नेपाल संघले सम्मान गरेको छ ।

received_598361947260787-1024x768

बैंककको होलिडे होटलमा आयोजित कार्यक्रममा संघले महेश्वरलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो । संघका अध्यक्ष कुमार कार्कीले आफू जहाँ रहेपनि नेपालको जितले खुशी भएर सम्मान गरेको बताए । १२ खेलाडी सहभागी स्पर्धामा महेश्वरले भारत र सिंगापुरका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । उक्त स्पर्धामा भारत दोस्रो र सिंगापुर तेस्रो भएका थिए ।

महेश्वरले सन् २०१६ मा भूटानमा भएको ५० औं एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्समा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए ।
महेश्वर नेपालको प्रतिष्ठित धर्मश्रीको १३औं संस्करणमा च्याम्पियन तथा १४औं र १५औं संस्करणमा उपविजेता भएका थिए ।

maheshwor budybulding