इटहरी:दोस्रो जेएमसी च्यालेन्ज कप फुटबल प्रतियोगीताको दोस्रो दिन मंगलबार भएको पहिलो खेलमा जनता मा.बि इटहरीले भरौलको जगन्नाथ डेडराज जनता मा.वि लाई १ का बिरुद्ध ४ अन्तरले पराजित ग¥यो । त्यस्तै, दोस्रो खेलमा नमूना कलेजले कोशी कलेजलाई शून्यका बिरुद्ध १ गोल अन्तरले पराजित गरेको थियो ।

विद्यार्थी खेलकुद समिति जनता बहुमुखी क्याम्पसद्धारा आयाजित उक्त प्रतियोगीताको बुधबारको खेल सप्तकोशी बहुमुखी क्याम्पस र शुष्मा गोदावारी बीच हुने आयोजक समितिका अध्यक्ष बिनोद खड्काले बताए । बिजेता हुने टीमले नगद दश हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उपविजेता हुने टीमले ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने खड्काले बताए ।