इटहरी:सुनरीको इटहरी उपमहानगरपालिका ४ बाट लागुऔषध ओसारपसारमा प्रयोग हुने स्कुटरसहित १ जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीको टोलीले इटहरी ४ का ४२ बर्षीय राजकुमार ठाकुरलाई सोमबार राती पक्राउ गरेको हो ।

ठाकुरको साथबाट डाईलक्स डि.सी. ९ बोतल, नाईट्रोसन ७७ ट्याव्लेट, नाईट्रोभेट ४१ ट्याव्लेट, स्पास्मोप्रोक्सिभन ५१ ट्याव्लेट बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले लागु औषध ओसार पसारमा प्रयोग गरिएको बा ४६ प १९६८ नम्बरको स्कुटर समेत बरामद गरेको छ । लागु औषध सहित पक्राउ परेका ठाकुरलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।