ब्लाष्ट टाइम्स ; धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइमस दैनिकले “भारतीय पक्षद्धारा दशगजामा सडक”  शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । भारतीय पक्ष आफैले अतिक्रमण गरी बनाएको सडक आफैले भत्काउन थालेको छ । मोरङको जहदा गाउँपालिका –१ कलाब नेपाल भारतको सीमाक्षेत्र दशगजामा भारतीय कालाबञ्जरस्थित नेपाल भारत सीमा क्षेत्रको दशगजामा भारतीय पक्षले निर्माण गरेको सडक जिल्ला प्रशासन मोरङले रोकेपछि आफैले मङगलबारबाट भत्काउन थालेको हो ।

औजार : धरानबाट प्रकाशन हुने औजार दैनिकले “ठेकेदार आधा करोड बढि रकम बुझाएनन्” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । सुनसरीको पूर्व पश्चिम राजमार्गमा विभिन्न बहानामा अवैध कर असुलीको कार्य भइरहेको गुनासो बाहिर आएको छ । जिल्ला समन्वय समितिका ठेकेदार भन्दै राजमार्गमा जिल्लाको भण्टाबारी, दुहवी, इटहरी, सहितका क्षेत्रमा अवैध कर संकलन भईरेहेको गुनासो बाहिर आएको हो । स्थानीय स्वायत्त शासन एैन अनुसार जिल्लामा उत्पादित वस्तुको अन्य जिल्लामा निकासी हुँदा सम्बन्धित जिल्ला विकास समितिले कर लिन पाउने व्यवस्था छ ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “बाल आश्रममा ख्रिष्टमस मनाउदैँ विद्यार्थीहरु” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । पर्वहरुका खुसियालीहरुले सबै भन्दा नजिक बाट बालबालिकाहरु  लाई छुन्छ । कलिला मन मस्तिष्कका उनिहहरुलाई कुनै पनि भनेपछि मनभित्रैबाट खुशी हुन्छन् । मङगलबार प्रायः सबै स्कुलहरुमा बालबालिकालाई शान्ता क्लजको पहिरण लगाएर ख्रिष्टमसमा सहभागी गराए । धरान ३ स्थित सरस्वती बाल आश्रम आफै विद्यालय होईन । त्यहाँका बालबालिका भने विद्यार्थी हुन् । तर बार्डिङहरुले जस्तो ख्रिष्टमस कार्यक्रमका लागि आश्रमसंग साधन श्रोत बजेट र कार्यक्रम पनि हुन्न । तथापी मङगलबार ख्रिष्टमसको खुसियालीमा आश्रमका बालबालिकालाई यसपाली विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले आश्रममै कार्यक्रम आयोजना गरी सहभागी गराएका छन् ।

नागरिक पुर्वेली : “चुहावट नियन्त्रणको कदम चाल्दै प्राधिकरण” शीर्षकको समाचार नागरिक पुर्वेलीले छापेको छ । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र राजविराजले पछिल्लो समय चुहावट नियन्त्रणका लागि प्रभावकारी कदम चाल्दैँ आएको छ । सप्तरीमा कुल खपतको आधाभन्दा बढी विधुत चुहावट हुन थालेपछि स्थानीय प्रशासनसमेतको सक्रियतामा प्राधिकरणले बढाएको हो । गाँउगाँउमा टोली पुग्दा भागाभागको सिर्जना हुने गर्दछ ।