धरान : किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कमिटिका अध्यक्ष सुवासचन्द्र हुक्पाचोङबाङ लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लिम्बु समुदायको महान् चाड चासोक तङ्नामको अन्तिम दिन हिजो बेलुकी समापन भएपश्चात चुम्लुङ हिममा नै रहेका उनी स्टलवालासंग विहान झगडा गरेपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनले चुम्लुङ हिममा नै एक व्यक्तिमाथी आक्रमण गरेको भन्ने सूचना पाएपछि त्यहाँ पुगेको प्रहरी टोलीमाथी समेत उनले अभद्र व्यवहार गरेको प्रहरीले बताएको छ । उनले मादक पदार्थ सेवन गरी झगडा गरेको हुनसक्ने प्रहरीको भनाई छ । घटनाबारे बुझ्न पुगेको प्रहरी टोलीमथि नै उनले गाली गलौज गरेर आक्रमणको प्रयास गरेको प्रहरीले बताएको छ ।

किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कमिटिका सचिव सन्तोष कुरुम्बाङ लिम्बुका अनुसार चुम्लुङ हिममा स्टलवालासंग सामान्य विवाद हुदाँ प्रहरीले नियन्त्रणमा लिएको बताए । उनले भने, ‘अहिले उनी नियन्त्रणमा छ, रिहाई गर्ने प्रक्रियामा छौ’ ।
उनी आदिबासी जनजाती महासंघ धरानका समेत अध्यक्ष हुन् ।