मोरङ:  बिराटनगर महानगरपालिका १४ जतुवा चोकबाट भन्सार छली गरी ल्याएको अबैध समानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ३ का २८ बर्षीय अनिलकुमार साह र ३० बर्षीय जिवस साह रहेका छन् । उनीहरुलाई सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत ईलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगले जानकारी दिएको छ । दुवैले भन्सार छली गरेर ल्याएको सामानसहित पक्राउ गरिएको हो ।

उनीहरुबाट भन्सार छली गरी ल्याएको ६६ जार २ सय मुल्य बराबरको लत्ताकपडा र खाद्यान्न पनि वरामद गरिएको प्रहरीले जनाएको छ । बरामद समान सहित पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय बुझाईएको पनि प्रहरीले जनाएको छ ।