धरान: तेथुमको फेदाप गाउँपालिका–२ साविकको ओयाकजुङका ४५ बर्षीय खड्ग बहादुर जोगी परिवारको सुख कल्पना गरेर बैदेशिक रोजागारीको सिलसिलामा ५ वर्षअघि दुबई हान्निए । तर, उनी दुबई गएको १४ महिना नवित्र्दै उनको त्यो सपना तुहियो ।

बृद्ध आमा, श्रीमती २ छोरा र २ छोरी छोडेर दुबई पुगेका उनलाई आफ्नै कम्पनीको सहकर्मी(कामदार)को हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गर्यो । पक्राउ परेपछि युएइको अदालतले जोगीलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय र २ लाख दिराम (६२ लाख रुपैयाँ) ‘ब्लड मनि’ जरिमाना फैसला सुनायो । अहिले उनी जेल सजाय काटिरहेका छन् । जेल सजाय पुरा हुन अब मात्र ३ महिना बाँकी छ । तर, ब्लड मनि स्वरुप ६२ लाख रुपैयाँ नबुझाए मृत्यु दण्ड दिइने उनका कान्छो भाइ हरिप्रसाद जोगीले बताए । साहयोग रकम लिन धरान आएका उनी भावुक मुद्रामा भने,‘दाजु अहिले जेलमा छन्, चाडै ब्लड मनि मुझाएर निकाल्नुपर्ने भनेको छ । त्यहाँको २ लाख दिराम बुझाउनु भनेको छ ।’

खड्ग बहादुरको जीवन रक्षाको लागि अढाइ महिनाअघि ‘खड्गबहादुर जोगी बचाउ अभियान’ शुरु गरिएको थियो । तेह्रथुमका दुर्गा प्रसाद गिरीको अध्यक्षतामा अभियान जारी छ । अहिलेसम्म स्वदेश तथा विदेशबाट ५४ लाख रुपैयाँ संकलन गरिसकिएको समितिका अध्यक्ष गिरीले बताए । ‘हामीले अहिलेसम्म स्वदेश तथा विदेशबाट ५३–५४ लाख जति खड्गबहादुर जोगी बचाउ अभियानको नेपाल बैकको खातामा जम्मा गरिसकेका छौं, अब कोरिया र युकेबाट १०–१२ लाख जति आउदै छ,’ कपुरी न्यूसँगको फोन सम्पर्कमा अध्यक्ष गिरीले भने,‘सम्पूर्ण हिसाव गरेर सोमबारदेखि अभियानको अभियानको खाता बन्द गराउँ भन्दै छौं ।’

खाता बन्द गराएर नेपाल सरकारको परराष्ट्र मन्त्रालयमार्फत रकम पठाएर खड्गबहादुरलाई जेलमुक्त गराउने तयारीमा रहेको समेत उनले बताए । तेह्रथुमबाट निर्वाचित सांसद भवानी खापुङमार्फत सरकारलाई ब्लड मनि पठाउन पहल गरी आग्रह गरिएको उनले बताए । ‘हाम्रो जिल्लाको माननीयमार्फत सरकारलाई ब्लड मनि पठाउन व्यावस्था मिलाइदिन आग्रह गरिरहेका छौ,’उनले भने,‘अब चाडै हामी खड्गलाई निकाल्छौं ।’

पीडित खड्गले पनि चाडै रकम पठाए आफु चाडै निस्कने बताएको अध्यक्ष गिरीले बताए । खड्गबहादुरले फिलिपिन्स नागरिकको हत्या गरेको नभएर बचाउन खोज्दा जेल जानुपरेको पीडित परिवारको भर्नाइ छ । दुबईको अल जु्रर्फ कम्पनीमा खड्गबहादुर कम्पनीका सुपरभाइजर पदमा कार्यरत थिए । शनिबार विदाको दिन भएकाले खड्गबहादुरसहित १ पाकिस्तानी, १ फिलिपिनो र अर्का एकजना खड्गबहादुरको साथी काममा खटाइएको थियो । तर, पाकिस्तानी नागरिक भने नवाज पढ्ने समय भएकाले काममा गएनन् । त्यसपछि, खड्गबहादुर उनका साथी र फिलिपिन्सका नागरिक काममा गए । खड्गबहादुर र उनका साथी टिपरको अगाडीको भागमा बसेका थिए । फिलिपिन्स नागरिक पछाडिको डालामा बसेका थिए ।

बाटोमा जादै गर्दा फिलिपिनो सडकमा छटपटाइरहेको एक्कासी गाडीको लुकिङ ग्लासमा खडगबहादुरले देखपेछि तत्कालै उठाएर पानी खुवाएर कम्पनीका मेनेजरलाई जानकारी गराए । त्यसपछि, म्यानेजरले अस्पताल लैजान भनेपछि लगेर भर्ना गराएका थिए । फिलिपिनोको उपचारको क्रममा राती १२ बजे अस्पतालमा मृत्यु भयो । त्यसपछि, राती क्वाटरमा सुतिरहेको अवस्थामा प्रहरीले छापामार शैलीमा पक्राउ गरेर लगेको पीडित परिवारको भनाई छ । त्यहाँको कानुन अनुसार चेक गर्दा घाँटी थिचेर मारेको भन्ने अस्पतालले रिपोर्ट दियो । त्यसपछि उनलाई बेस्सरी कुटेको हुनाले दबावमा हत्या स्विकार्न गर्न लगाइएको थियो ।

धरानबाट ६४ हजार ९४ रुपैयाँ सहयोग प्रदान

खड्ग बहादुर जोगीको जिवनरक्षाका लागि धरानमा पनि सहयोग संकलन गरेर हस्तानतरण गरिएको छ । धरान–१६ स्थित बृहस्पती मार्गका पदमनाथ जोगी र धु्रबनाथ जोगीले संकलन गरेको ६४ हजार ९४ रुपैयाँ उनका परिवारलाई बुधबार ड्ग बहादुरका कान्छो भाइ हरि प्रसाद जोगीलाई उक्त रकम हस्तानतरण गरिएको हो । उक्त रकम धरान–१६ का समाजसेबी मुरारी भट्टराई, पदमनाथ र धु्रबनाथले संयुक्त रुपमा प्रदान गरे ।

रकम धरान–१६ का स्थानीयहरुबाट संकलन गरिएको पदमनाथ जोगिले बताए । ‘हामीले छोटो समय ७ दिनमा नै यहाँका स्थानीयहरुबाट ६४ हजार ९४ रुपैयाँ सहयोग रकम उठाएर खड्गबहादुरको भाइलाई हस्तानतरण गर्यौं ।’ सहयोग रकम उठाइ दिन आग्रह गरिएपछि आफुहरुले स्वःस्फुक्त रुपमा रकम संकलन गरेको उनले बताए । मानवताको नाताले दुःखमा परेका बेला सहयोग गनुपर्छ भन्ने भावना राखेर रकम संकलन गरेको उनले दोहो¥याए । ‘दुःख पर्नुभएको उहाँहरु त्यत्रो रकम एक्लैले उठाउन सम्भव छैन, त्यसैले अलिअलि सबैले सहयोग गर्दा नपुग्ने के नै छ र भनेर आफुहरुलाई अभियानमा साथ दिने भावना जाग्यो,’पदमनाथले भने ।